नबिल बैंकले घटायो ब्याजदर
२९ पुष २०८०, आईतवार १२:३६

काठमाडौं । नबिल बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले नबिल प्रिमियम रेमिटेन्स बचत खातामा ७.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।












