सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

२९ पुष २०८०, आईतवार १६:४८

काठमाडौं । सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस सेयर पुस २५ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो ।बैंकको गत कात्तिक २ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

सोही सभाले पारित गरेको चुक्ता पुँजीको कर सहित ५।७० प्रतिशत नगद लाभांश भने बै।कले यसअघि नै वितरण गरिसकेको छ ।१९ औं वार्षिक साधारण सभा प्रयोजनका लागि बै।कले असोज २२ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र बैंकको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*