वाणिज्य बैंकको खुद मुनाफा २८ अर्ब माथि, कुन बैंकको कति ?
२९ पुष २०८०, आईतवार १७:५७

काठमाडौं । वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।












