फाइनान्स कम्पनीहरु ४६ करोड घाटामा

१ माघ २०८०, सोमबार ०९:५२

काठमाडौं ।  फाइनान्स कम्पनीहरुले ४६ करोड बढी घाटामा रहेका छन् ।पाँच महिनामाको अवधिसम्म्मा कम्पनीहरुले ४६ करोड ९७ लाख रुपैयाँ खुद घाटा व्यहोरेका हुन् ।

यसरी धेरै खुद घाटा व्यहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १२ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेका हो । त्यसैगरी प्रोग्रेसिभ फाईनान्सले ११ करोड ७४ लाख र गुहेश्वरी मर्चेण्ड बैंकिङ एण्ड फाइनान्सले ४ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो अवधिमा ९ वटा फाईनान्स कम्पनीहरुले घाटा व्यहोरेका छन् ।

त्यसैगरी ८ वटा फाईनान्सले नाफा आर्जन गरेको तथ्यांकले देखाउँछ । नाफा कमाउनेको शिर्ष स्थानमा मन्जुश्री फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सले ३ करोड ९७ लाख खुद नाफा आर्जन गर्दा आईसीएफसी फाईनान्सले ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*