कुमारी बैंकको साधारण सभा माघ २८ गते, के–के छन् एजेण्डा?

काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे २३औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको गत वर्षको वित्तीय विवरण पारित गर्ने तथा चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
त्यसैगरी सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ ।
बैंकले सभा प्रयोजनार्थ माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार नेप्सेमा माघ ८ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।











