महालक्ष्मी विकास बैंकले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश
१ माघ २०८०, सोमबार १०:५०

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले पुस २८ गते साधारण सभा सम्पन्न गरे लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो ।
बैंकले शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.४० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
त्यस्तै, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गर्न पनि आग्रह गरेको छ । अद्यावधिक गरेपछि मात्र खातामा नगद लाभांश आउनेछ ।











