नेपाल बैंकको ६४ औं वार्षिक साधारणसभा सम्पन्न

१ माघ २०८०, सोमबार १७:११

काठमाडौं । नेपाल बैंकको ६४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त गत वर्षकोको नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।

त्यस्तै, सभाले चालु आवको लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*