खस्किदो आरएसडिसि लघुवित्तको वित्तिय रिपोर्ट, अधिकांश सूचक ओराला, प्रतिसेयर आम्दानी कति ?

४ माघ २०८०, बिहीबार ११:१६

काठमाडौँ । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको मुनाफा ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७ करोड ९४ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

पुष समान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.३१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड २० लाख ११ हजार रुपैयाँ गरेको छ ।

यसअवधिमा संचालन नाफामा समेत ओरालो लागेको छ । कम्पनीको संचालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ४ करोड ७४ लाख ७७ हजार रुपैयाँ, खराब कर्जा ०.८१ प्रतिशतले बढेर १.८२ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष घटेर १४ करोड ८६ लाख ८ हजार रुपैयाँ र सापटी ६ अर्ब १ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीका प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*