इच्छाराज कारागारमा बसेर हिमालयन बैंकबाट लाभांश बुझ्दै, सिभिलका ठूला लगानीकर्ताको हातखाली

४ माघ २०८०, बिहीबार १४:१९

काठमाडौं । सहकारी ठगीले कारागार पुगेका पूर्व सभासद् इच्छाराज तामाङ हिमालयन बैंकको ठूला शेयरधनीको सूचीमा परेका छन् । उनी सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा कारागारमा छन् ।

कारागारमा बसेरै उनी ठूला लगानीकर्ताले पाउने प्रतिफल बुझिरहेका छन् । हिमालयन बैंकले एक्वीजिसन अर्थात् प्राप्ती गरेको तत्कालीन सिभिल बैंकले शेयरधनीलाई नियमित लाभांश दिइरहेको थियो । तर, अहिले सिभिल तर्फका शेयरधनीले लाभांश पाएका छैनन् । तर, कारागारमा रहेका इच्छाराजले भने लाभाशं लिइरहेका छन् ।प्रदीपजङ्ग पाण्डे, इच्छाराज तामाङ, यश्वस्विका इन्टरनेशनल, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग र प्रभा गोयन्का भिमसारिया साविक सिभिल बैंकका ठूला सेयरधनी हुन् । यस्तै, कर्मचारी सञ्चय कोषको हिमालयन र सिभिल दुबै बैंकमा लगानी थियो ।

हिमालयन बैंकमा थप सात ठूला लगानीकर्ता थपिएका छन् । योसँगै ठूला लगानीकर्ताको संख्या १६ पुगेको छ । हिमालयन बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व हबिब बैंकको छ । हबिब बैंकको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन. ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेशनलको ७.४६, छाया इन्टरनेशनल ५.७८ सेयर स्वामित्व छ ।

प्रदीपजङ्ग पाण्डेको १.५५ प्रतिशत, शसिकान्त अग्रवालको १.५१ प्रतिशत, इच्छाराज तामाङको १.३६ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १.२५ प्रतिशत, यश्वस्विका इन्टरनेशनल प्रालिको १.१० प्रतिशत, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनीको ०.७७ प्रतिशत, प्रभा गोयन्का भिमसारियाको ०.६७ प्रतिशत, विजय इन्टरनेशनल प्रालिको ०.५४ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*