मञ्जुश्री फाइनान्सको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा २२।७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १४।९९ प्रतिशतले घटेर ३७ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी बढे पनि खराब कर्जामा वृद्धि भएको कारण यस फाइनान्सको नाफा प्रभावित भएको हो । खराब कर्जा १।४८ प्रतिशतले बढेर ३।५० प्रतिशत पुगेको छ । खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ ।
गत वर्ष २३ लाख ९३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ९ करोड ८३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसाले घटेर १५ रुपैयाँ ६१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २७ पैसा छ ।











