प्रभु बैंकले लाभांश नदिने
९ माघ २०८०, मंगलवार १०:१९

काठमाडौँ । प्रभु बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको सोहि बैठकले कम्पनीका वित्तीय विवरण पारितका लागि नियामक निकाय नेपाल राष्ट्रमा पेश गर्ने समेत निर्णय गरेको छ ।











