पाँचतलाबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको निधन

१० माघ २०८०, बुधबार १४:०१

काठमाडौं । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको निधन भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*