कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छः गर्भनर अधिकारी

१० माघ २०८०, बुधबार १९:०२

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम जाने अवस्थामा आएको उनले बताए । उनले भने, पछिल्लो समयको सुधारले बैंकको ब्याजदर कम हुँदै गएको अवस्था छ । बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको छ । राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको छ । अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको छ ।

नेपाली बैंकहरु साना–साना संकटमा अप्ठ्यारो पर्ने अवस्थामा नभएको उनको तर्क थियो । नेपाली बैक क्षेत्र सक्षम र बलियो रहेको बताए । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए ।

‘बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको छ । आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको छ । बाह्य क्षेत्रको सुधार, बैङ्किङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या छैन’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*