मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्ध
११ माघ २०८०, बिहीबार १०:२८

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश रद्ध भएको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश रद्ध भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन बमोजिम संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो ।











