नबिल बैंकको ल्यायो नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना, १० वर्षका लागि १० करोडसम्मको सहुलियत

११ माघ २०८०, बिहीबार १३:३६

काठमाडौँ । नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ गरेको छ । बैंकले सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ ।

यसमा आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र उनीहरुको परिवार लक्षित कर्जा योजना, न्यूनतम आकर्षक ब्याजदर लगायत विशेषता रहेका छन् । कर्जा अवधि १० वर्षसम्मको रहनेछ भने ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुने बैंकले बताएको छ।

बैंकले विदेशबाट फर्किएका नेपालीको सिप र बचतलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गराउने मुख्य उद्देश्य सहित मुनाफा नलिई सु्रुवात गर्न लागेको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् । कर्जा वैदेशिक रोजगारबाट फर्किएका नेपालीका साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारले पनि उद्यमशिल क्षेत्रका लागि कर्जा प्राप्त गर्न सक्ने उने जानकारी दिएका छन् ।

बैंकले नाफा आर्जन गर्ने र रोजगार सिर्जना गर्ने हेतुले नविनतम योजना ल्याएको उनले जानकारी दिएका छन् ।

विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केहि गरौ भन्ने सोचका बनाइरहेका नेपालीहरुले आफ्नो उद्योग तथा व्यवसायको प्रकृतिका आधारमा न्युनतम १५ लाख रुपैयाँदेखि अधिकतम १० करोडसम्म प्राप्त गर्न सक्छन् ।

बैंकले यस्तो कर्जालाई चार भागमा वर्गिकरण गरेको छ । यदि कसैले सुरुवातामा सानो केहि व्यवसाय गरौ भन्ने सोच बनाएका छन् भने उनिहरुले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छन् । केहि मेसिन समेत राखेर अलि ठुलो स्केलमा काम गर्नका लागि १५ लाख भन्दा बढिको कर्जा लिन चाहेमा सम्बन्धित निकायबाट व्यवसायिक अनुमति प्राप्त गरेको हुनु पर्छ । यस्तो समुहका ऋणीले १५ लाखदेखि एक करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्छन् ।

वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताएका छन् ।

उनले विदेशमा गएका नेपाली श्रमिकहरुले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने दाबी गरे । औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताए ।

उनले नबिल बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने बताए ।

तेस्रो वर्गमा मझौला किसिमको उद्योग व्यवसाय स्थापना गरि एकदेखि ५ करोडसम्मको कर्जा प्राप्त गर्न सकिन्छ । चौथो वर्गमा ठुलै स्केलमा काम गरि देशकै आर्थिक विकासमा टेवा पुर्याउने किसिमको व्यवसाय गर्ने हो भने ५ देखि १० करोड रुपैयाँसम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जुनसुकै तहका ऋणीलाई समेट्न सकिने गरि यो योजना तयार पारिएको हो ।

विदेशबाट फर्किएर आफ्नो बचलाई कसरी उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने भन्ने सोच बनाएका व्यक्तिहरुलाई सबैभन्दा धेरै प्राथमिकता प्रदान गर्नेछ । वैदेशिक रोजगारमा गए पनि कसैको परिवार कुनै न कुनै व्यवसायमा संलग्न रहेको छ र उक्त व्यवसायलाई निन्तरता दिने सोच बनाउनेलाई पनि प्राथमिकतामा राखेको छ ।

बैंकले कर्जा प्रवाह गर्दा ऋणले सिकेको सिपदेखि लिएर व्यवसायिक योजनालाई हेरेर लगानी गर्नेछ । विदेशमा सिकेका कतिपय शिपको नेपालमा एकदमै धेरै सम्भावना बोकेको हुन्छ । सो अवधिको लागि बैंकले सिर्जनशीलतामा ल्याउन यस्तो योजना ल्याएको हो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*