कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको सेयर ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि आज बैंकिङ समूहको सेयर मूल्य भने बढेको हो ।
मंगलबार वाणिज्य बैंक परिसूचक २.२६ अंकले बढेर ११६४.५१ को विन्दुमा कायम भएको छ । यस दिन बैंकिङ सबइन्डेक्स ०.१९ प्रतिशतले घटेको हो ।
आज वाणिज्य बैंक सेक्टरबाट कुल १९ सूचीकृत बैंकहरु कारोबारमा आएका छन् । जसमध्ये १० बैंकहरुको सेयरमूल्य बढेको छ भने ७ बैंकहरुको शेयरमूल्य ओरालो लागेको छ । दुई बैंकको सेयरमा भने कुनै प्रकारको हलचल आएको छैन् ।
यस दिन स्टान्डर्ड चार्टड बैंकको सेयर सर्वाधिक १.३ प्रतिशत र एभरेष्ट बैंकको ०.७८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यता सिद्धार्थ बैंकको सेयरमूल्य सर्वाधिक १.५५ प्रतिशत र सिटिजन बैंकको १.६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।












