महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने
१२ माघ २०८०, शुक्रबार १०:२५

काठमाडौँ । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्थाअनुसार संस्थापक सेयरधनीको पुस ३० गते नै ‘लक इन’ समाप्त भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।











