सिटिजन लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी

१९ श्रावण २०७८, मंगलवार ०८:११

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।
उत्थान सामुदायिक लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रम बिच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र इन्स्योरेन्सका पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*