काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगोलागी, नेविको बिस्कुट उद्योग जलेर खरानी, करोडौंको बीमा दावी पर्ने

काठमाडौं । राजधानी काठमाडौंको मुख्य तथा देशकै सबैभन्दा ठूलो बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । आगोलागीमा नेबिको विस्कुट उद्योग जलेर खरानी भएको छ । करिब ७ घण्टा आगोलागी हुँदा पनि नियन्त्रणमा नआएपछि आज विहान हेलिकोप्टरबाट पानी हालेर आगो निभाउने प्रयास भइरहेकोछ ।
जुद्ध बारुणयन्त्र काठमाडौं, ललितपुर र भक्तपुर, प्रहरी, सेना तथा सशस्त्र प्रहरीको दमकलले आगो निभाउने प्रयास गर्दा समेत असफल भएपछि हेलिकोप्टरबाट पानी हालेर आगो निभाउने प्रयास भइरहेको छ । सो क्षेत्रमा भएको आगोलागी नियन्त्रणको लागि ९ वटा दमकल, १९ वटा पानी ट्याङ्कर दर्जनौं सुरक्षाकर्मी तथा फायर फाईटिङ टोली सक्रिय छन् ।

आगोलागीको कारण खुल्न सकेको छैन । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविको विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी जनाएको छ । घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ । यद्यपि अर्बौ रुपैयाँको लगानी रहेको नेबिको विस्कुट उद्योगमा भएको आगोलागीपछि अर्बौ रुपैयाँको बीमा दावी पर्ने विश्वास गरिएको छ ।
सन् १९६४ मा स्थापना भएको नेपालको सबैभन्दा ठूूलो मासिक ७० करोड देखि एक अर्ब रुपैयाँसम्मको विस्कुट बिक्री वितरण गर्दै आएको उद्योग जलेर खरानी हुँदा पुग्दा नेपालको आगोलागी इतिहासकै सबैभन्दा धेरै बीमा दावी पर्नसक्नेछ । बालाजु औद्योगिक क्षेत्रभित्र ७३ हजार स्वायर फिटमा फैलिएको उद्योगमा दैनिक छ मेट्रिक टन विस्कुट उत्पादन गर्ने मेशिन जडान गरिएको छ ।














