गुराँस लाइफ इन्स्योरेन्सद्धारा ५.५ प्रतिशत बोनस शेयर वितरण निर्णय

२५ श्रावण २०७८, सोमबार १०:३०

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट पौने छ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश दिनको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको कम्पनी सचिव बोधलाल पुरीले जानकारी दिए ।

पुरीले नेप्सेलाई लेखेको पत्र अनुसार कम्पनीले आर्थिक वर्ष ७५÷७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस शेयर लगानीकर्ताहरुलाई वितरण गर्ने जनाएको छ । बोनस शेयर वितरणसँगै कम्पनीको चुक्ता पुँजि दुई अर्ब सात करोड नाघ्नेछ ।

साथै प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत गराई आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*