२८ सयमा पुगेर २७ को विन्दुमा फर्कियो नेप्से, सेयर धितो कर्जाको क्यापमा राष्ट्र बैंकको आनाकानीमा लगानीकर्ता अन्यौल

काठमाडौं । शेयर बजार आज २८ सयको विन्दुमा पुगेर पुन २७ को विन्दुमा फर्किएको छ। आज कारोबार भइहरँदा १२ :३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको थियो । लगानीकर्ताको उत्साह आजको बजारमा देखिएको थियो । पुन २७ को विन्दुमा आएर यो साताको शेयर कारोबार बन्द भएको छ।
मौद्रिक नीतिमा समावेश भएको सेयर धितो कर्जाको सीमा कार्यान्यवयनमा आनाकानीको गरेको बिषयमा केन्द्रिय बैंकतर्फ लगानीकर्ताहरु खिन्न भएको देखिन्छ । सो कारण पनि आज शेयर बजार ओरालोतर्फ लागेको छ।
पछिल्लो साता नेप्से परिसूचक मात्रै होइन, कारोबार रकमले पनि रेकर्ड कायम गरेसँगै ब्रोकर कम्पनीको कार्यालयमा लगानीकर्ताहरूको भिडभाड बढेको छ ।
तीन महिनाअघिसम्म सुनसान रहेका ब्रोकर कार्यालयमा अहिले बेग्लै रौनक देखिन थालेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको सहजीकरणले पनि धेरै लगानीकर्ता बजारप्रति सकारात्मक रहेको नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्याल बताउँछन् ।
आज पाँच उपसूचकमा हरीयाली छाएको छ। आज जीवन बीमाको उपसूचकमा हरीयाली छाएको छ।
त्यस्तै, हिमालयन री र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । हाईड्रो इलेक्टिसीटि इन्भेष्टमेन्ट र शुभमका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
नेप्से आज ५।२९ अंकले घट्दा २७५५।६२ को विन्दुमा कायम भएको छ। ३३२ सूचीकृत कम्पनीको आज ५ करोड १३ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा २१ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ।
आज बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।
वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बीमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ ।













