सानिमा रिलायन्स लाइफकी टिओटी बिजेता नमिता न्यौपानेसहित उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । जीवन बीमा व्यवसायमा दीगो विकास लक्ष्य लिएर अघि बढिरहेकी विराटनगरकी समाजसेवी तथा राजनीतिज्ञ नमिता न्यौपाने सानिमा रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट कुल २६ जना अभिकर्ताहरु एमडिआरटीका लागि छनौंट भएका छन् । जसमा एक जना टीओटी, दुई जना सीओटी र २३ जनाले एमडीआरटी लक्ष्य पूरा गरेका छन् ।
बीमा अभिकर्ताहरुको जीवनको लक्ष्य बन्ने गरेको टिओटीको टार्गेट पूरा गरेपछि कम्पनीले कम्पनीले सीप विकास कार्यक्रमका बीच नमिता सहित उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उनी सँगै कम्पनीको उत्कृष्ट कर्मचारीलाई कम्पनीले सम्मान गरेको कम्पनीले जनाएको छ ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीको सर्वोच्च लक्ष्य टप अफ दि टेवल ९टिओटी० हो । अन्तर्राष्ट्रिय प्लेटफर्ममा एमडिआरटी, सिओटी र टिओटी तीन वटा तह हुन्छन् । टिओटी सबैभन्दा उच्च तहको अन्तर्राष्ट्रिय सम्मान हो । पाँच वर्षअघि स्थापना भएको रिलायन्स लाइफमा जीवन बीमा व्यवसाय गर्दै आएकी नमिताले कम्पनीको तर्फबाट र आफ्नो तर्फबाट पहिलो पटक टिओटी लक्ष्य चुम्न सफल भएकी हुन् ।

टिओटी लक्ष्य भेट्टाएको अवसरमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ शिवनाथ पाण्डे तथा उच्च व्यवस्थापकहरुले बिजेता नमिता न्यौपानेलाई भव्य उत्सवका साथ बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । एक कार्यक्रमका बीचमा टिओटी बिजेता बीमा व्यवसायी न्यौपाने सहित उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

टिओटी बिजेता न्यौपानेले कम्पनीकोतर्फबाट प्राप्त सहयोग, टिममा सामूहिक कामको नतिजा आफू टिओटीमा पुग्न सफल भएको प्रतिक्रिया दिएकी छिन् । आगामी दिनमा देशैभरिका महिलाहरुलाई बीमा व्यवसायमा अघि बढ्न हौसला दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छिन् । उनले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा अझै उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।












