ज्योति लाइफ इन्स्योरेन्सद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२८ भाद्र २०७८, सोमबार १८:०३

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्सले मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम बीमितको मृत्यु पश्चात् उनको परिवारलाई १० लाख ५० हजार बीमा वापतको दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

सवारी दुर्घटनाबाट ज्यान गुमाएका म्याङलुङ नगरपालिका २ निवास यमबहादुर लिम्बुको छोरालाई कम्पनीलले मूत्यु दाबी भूक्तानी गरेको हो । म्याङलुङ नगपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङले मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई चेक हस्तान्तरण गरेका हुन । मृतकले ज्योति लाइफको सुरक्षित बचत बीमा योजना अन्र्तगत ५ लाखको बीमा गरेर २ किस्ता दिएकोमा दुर्घटना बीमा अन्तर्गत १० लाख र बोनस मार्फत पिडित परिवारलाई ५० हजार प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*