एलआईसी नेपालको करिव ५ लाख कित्ता शेयर लिलामीमा, आजदेखि यसरी दिनुहोस् आवेदन

२१ माघ २०८१, सोमबार ०८:४४

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको छ ।

कम्पनीका अनुसार शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीको शाखा कार्यालयहरु,विराटनगर, विरगञ्ज,पुतलीसडक,पोखरा, नेपालगञ्ज,बुटवल,सुर्खेत र धनगढीमा आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*