छोराको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन अहिले परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च गर्ने प्रवृत्तिलाई हटाउँदै भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको छ।
यसै क्रममा स्याङ्जाको पुतलिबजार–०१ निवासी यामबहादुर राना र निरु माया थापा रानाले आफ्ना छोरा सफल रानाको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको रिलायबल सर्वसुलभ बालजीवन बीमा पोलिसी उपहार दिएका छन्।
उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफका शाखा प्रमुख नारायण अधिकारी र मार्केटिङ कर्मचारी प्रतिमा गुरुङमार्फत हस्तान्तरण गरिएको थियो। राना दम्पतीले छोराको उज्ज्वल भविष्य, परिवारको जोखिम व्यवस्थापन, बचत र सुरक्षाका लागि बीमा पोलिसी उपहार दिएको बताएका छन्।
यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने र अनावश्यक खर्च गर्नेभन्दा बीमा पोलिसी उपहार दिनु दीर्घकालीन रूपमा लाभदायक हुने बीमा विज्ञहरू बताउछन्।












