नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबी व्यवसायिक सहकार्य गर्ने सम्बन्धि सम्झौता

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि.ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मुक्तिनाथ विकास बैंकसँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । वीमा व्यवसायका विषयमा र्बैकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा माघ २३ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओसमीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका थिए । यस समारोहमा कम्पनीका डेपुटी सीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृतमनोज कुमार चौधरी र मुक्तिनाथ विकास बैंक लिमिटेडका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।
रिमालले यस सहकार्यले निर्जिवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए । साथै उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
यसै बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिदै “यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि हो भन्दै हामी सँगै कम आय भ्एका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केंद्रित उत्पादनहरू विकास गर्नेछौं, जसले दिगो विकासलाई टेवा पुर्याउनेछ” समेत भने ।
यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवद्र्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको छ, जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्नेछ । यो रणनीतिक साझेदारीे नेपालको ग्रामीण र अर्धशहरी क्षेत्रमा आर्थिक स्थिरता र लचिलोपन प्रवद्र्धन गर्न साझा प्रतिबद्धताको प्रतीक पनि हो ।













