रिलायबल नेपाल लाइफको ‘सजिलो जीवन बीमा योजना’ भनेको के हो? यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘सजिलो जीवन बीमा योजना (एकल तथा सीमित भुक्तानी)’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध भएका २८ हजारबढी बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । कम्पनीले देशभरी छरिएर रहेका हजारौ अभिकर्ता र अनलाइन मार्फत पनि पोलिसी बिक्री गरिरहेको छ ।
आज हामी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘सजिलो जीवन बीा योजना (एकल तथा सीमित भुक्तानी)’ को बारेमा समिक्षा गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन्?, भन्नेबारे यहाँ कम्पनीका तामिम विभाग प्रमुख युवराज शर्मासँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः
‘सजिलो जीवन बीमा योजना (एकल तथा सीमित भुक्तानी)’
कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चितताको तयारी गर्न सघाउछ ।
कम्पनीले प्रचलनमा ल्याएको सजिलो जीवन बीमा योजना बीमितहरु मझ अत्यन्तै रुचाईएको सावधिक जीवन बीमा हो । यो मुनाफामा सरिक हुने (इन्डोमेन्ट प्लान वीथ प्रोफिट’ जीवन बीमा हो । यो योजनामा तिर्नुपर्ने बीमाशुल्क एकमुष्ठ (एकल बीमाशुल्क) वा सीमित अवधिसम्म मात्र भुक्तानी गरे
पुग्दछ ।
न्यूनतम ५० हजार रुपैयाँदेखि माथी जतिसुकै बीमांक कायम गरी जीवन बीमा गर्न सकिने यो योजनामा सावधिक जीवन बीमामा हुने अन्य बिशेषताहरू समेत रहेका छन् । यस योजनाले बीमा अवधीभरी सुरक्षित रहन र उचित प्रतिफल प्राप्त गर्न सघाउने छ । एकमुष्ठ वा सीमित अवधीसम्म बीमाशुल्क तिर्दा बीमितले बीमाशुल्कमा भारी छुट समेत पाउँदछ ।
विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवनका जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक र सहजता रहेको बीमा पोलिसी हो ।
यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आउने विभिन्न भैपरी दुर्घटनाहरु र विभिन्न रोगहरुको सामना गर्न (घातक रोग, सीआई) सुविधा समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।
यो योजनामा बीमितलाई दुई वटा बिकल्पहरू प्राप्त हुनेछ जसमा (क) बीमाशुल्क एकमुष्ठ (एकल बीमाशुल्क) भुक्तानी अथवा (ख) सीमित अवधी भुक्तानी (तल दिएको तालिका अनुसार) ।

बीमालेख खरिद गर्ने उचित समय कुन हो ?
जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ । जीवन बीमा अरुको लागि होइन्, आफ्नो लागि हो । यसले आम मानिसलाई बुढेसकालमा असल छोरा–छोरीको काम गर्दछ ।
रिलायबल नेपाल लाइफले यो योजनामा सहभागि हुनका लागि विभिन्न मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।
मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।
न्यूनतम प्रवेश उमेरः १८ वर्ष
अधिकतम प्रवेश उमेरः ६५ वर्ष
अधिकतम् समाप्ती उमेरः ७० वर्ष
बीमा अवधिः ५–२५ वर्ष (एकल बीमा योजना)
१०,१५,२०,२५ वर्ष (सीमित भुक्तानी बीमा योजना)
न्यूनतम् बीमाङ्क रकमः ५० हजार रुपैयाँ,
अधिकतम् बीमांक रकमः असिमीत (आम्दानीले धान्नेसम्मको)
बीमा शूल्क भुक्तानी तरिकाः एकल बीमा योजनामा एकमुष्ट एक पटक र सीमित भुक्तानी योजनामा वार्षिक
लाभहरू/विशेष सुविधाहरू
मृत्युलाभः
चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्या रहेको छ ।
मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहन सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटना भएपछि बीमितलाई रकम र बोनस सहित एकमुष्ट भुक्तानी दिने व्यवस्था रहेको छ ।
परिपक्कता लाभः
चालु अवस्थामा रहेको बीमालेख अन्तर्गत बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमांक रकम र नियमानुुसार आर्जित बोनस बीमाअवधि समाप्तीमा बीमितलाई एकमुष्ट भुक्तानी दिइन्छ । म्याचुरीटी बेनीफिट रकम प्राप्त गर्न बीमितद्वारा बीमा अवधिसम्मको सबै किस्ता भुक्तानी गरिएको हुनुपर्छ ।
समर्पण सुविधा
३ वर्ष अवधि र ३ बर्षको बीमाशुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्य प्राप्त गर्न सकिनेछ । यो बीमा प्राधिकरणले तोकेकै समय सीमा हो ।
बीमालेख कर्जाको सुविधाः
बीमितलाई रकम आवश्यक परेको खण्डमा ३ वर्ष अवधि र ३ बर्षको बीमाशुल्क भुक्तानी गरे पश्चात नियमानुसारको बीमालेख कर्जा प्रदान गरिने प्रावधान रहेको छ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ । कारोबारको क्रममा कुनै अप्ठेरोमा परेमा बीमालाई बचतको रुपमा स्वीकार गर्दै ऋण लिन पाउने सुविधा कम्पनीले प्रदान गरेको छ ।
अतिरिक्त लाभहरुः
(क)दुर्घटना मृत्यु लाभ सुविधाः
दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमितको १८३ दिनभित्र मृत्यु भएमा यस करारमा उल्लेख भएअनुसार दुर्घटना लाभको बीमांक रकम बराबरको दुर्घटनाबाट मृत्यु भएमा दिइने सुविधा दिइनेछ। कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरी ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ लिन सकिनेछ । यसमा १ करोड रुपैयाँसम्मको सुविधा पाइनेछ ।
(ख) पूर्ण अशक्तता सुविधाः
दुर्घटनाको प्रत्यक्ष कारण वा विरामीको कारणबाट बीमित पूर्ण अशक्त–अपाङ्ग भएमा स्थायी अशक्तता सुविधा बराबरको बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिने व्यवस्था छ । बीमित १८३ दिनसम्म अशक्त अवस्थामा भएमात्र पूर्ण अशक्त–अपाङ्ग सुविधा वापतको रकम प्राप्त हुनेछ। यसमा १ करोड रुपैयाँसम्मको सुविधा पाइनेछ ।
(ग) बीमाशुल्क छुट सुविधाः
दुर्घटनाको प्रत्यक्ष कारण वा बिरामीको कारणबाट बीमित पूर्ण अशक्त अपाङ्ग भएमा घटना मिति पछि बीमालेख तथा पूरक करार अनुसार बीमाशुल्क भुक्तानी गर्न नपर्ने गरी ‘बीमाशुल्क छुट’ सुविधा प्रदान गरिने छ । यसमा १ करोड रुपैयाँसम्मको सुविधा पाइनेछ ।
(घ) घातक रोग सुविधाः
घातक रोग सुबिधा पुरक करार अनुसार बीमा अवधिमा बीमितलाई कम्पनीले तोकेको मध्ये कुनै एक घातक रोग लागेमा यस पुरक करारको बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यस सुविधाका शर्तहरू लागु हुनेछ । यसमा ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा पाइनेछ।
(ङ) दुर्घटनाको कारणबाट अस्पताल भर्ना नगद फिर्ता सुविधाः
दुर्घटनाको कारणबाट बीमित बीमा अवधिभित्र अस्पताल भर्ना हुन परेको खण्डमा, यस सुबिधा अन्तर्गत बीमितले अस्पताल भर्ना भएको प्रत्येक दिन पुरक करार अनुसार बीमाङ्कको ०.१ प्रतिशतका दरले अधिकतममा दुर्घटनाको ३६५ दिन सम्म नगद लाभ पाउनेछ । यस सुविधाका शर्तहरू लागु हुनेछ । यसमा १ करोड रुपैयाँसम्मको सुविधा पाइनेछ । यी सम्पुर्ण सुबिधाहरु पाउन बीमालेख चालु अवस्थामा रहेको हुनु पर्नेछ ।
यो योजनाका फाइदाहरूः
१. एकल बीमाशुल्क भुक्तान वा सीमित अवधी सम्ममात्र बीमाशुल्क भुक्तान गरेर बीमा अवधीभरि जोखिमको रक्षावरण हुने ।
२. एकमुष्ठ वा सीमित अवधीसम्म मात्र बीमाशुल्क भुक्तान गर्दा बीमाशुल्कमा भारी छुट पाईने ।
३. लामो समयसम्म बीमाशुल्क तिरिरहने झण्झटबाट उन्मुक्ति पाइने ।
४. न्यूनतम ५० हजार रुपैयाँदेखी माथी आय श्रोतको आधारमा जतिपनि बीमाङ्ग कायम गरि बीमा गर्न सकिने ।
५. बीमितलाई आवश्यक परेको खण्डमा बीमालेख कर्जा लिन सकिने ।
६. सीमित अवधी भुक्तानीमा ऐच्छिक सुबिधा अन्र्तगत बीमाशुल्क भुक्तानी गर्ने अवधिको आधारमा दुर्घटनाबाट मृत्यु लाभ बीमाशुल्क छुट लाभ, स्थाई पूर्ण असक्तता लाभ, घातक रोग लाभ, र अस्पताल सुबिधा मध्ये सबै वा कही थप गरी लिन सकिने ।
कसरी बीमा पोलिसी खरिद गर्ने ?
कम्पनीका देशभरी सक्रिय रहेका २८ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका ११० शाखा कार्यालय मार्फत खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार देश तथा विदेशमा रहेका मानिसहरुले यो पोलिसी खरिद गर्न चाहेको अवस्थामा अनलाइन प्लेटफर्म मार्फत पनि खरिद गर्न सकिने व्यवस्था छ ।
यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।
दावी भुक्तानी
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीले आवश्यक कागजात उपलब्ध भएको अवस्थामा छिटो–छरितो र सहजै दावी भुक्तानी गर्दै आएको छ । कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सबै कागजात मिलाई सक्दो चाँडो दावी दिने ब्यवस्था गरेको छ ।












