पाँचौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ बाट सुर्यज्योति लाइफ सम्मानित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी पाँचौं ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित भएको छ । इन्डियन च्येम्बर अफ कमर्सद्वारा थाईल्याण्डमा आयोजित भव्य कार्यक्रमका बीच सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अवार्ड प्राप्त गर्न सफल भएको हो ।
सुर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले थाईल्याण्डको बैंकमा आयोजित भव्य कार्यक्रमका बीच अवार्ड ग्रहण गरेका छन् । सुर्यज्योति लाइफका कर्मचारीहरु निरञ्जन रेग्मी र गीता बस्नेत समेत अवार्ड प्राप्त गर्ने समारोहमा उपस्थित थिए ।

इन्डियन चेम्बर अफ कमर्सले थाइलेन्डको बैंककमा आयोजना गरेको पाँचौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ बाट सूर्यज्योति लाइफलाई ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक–नेपाल’ विधामा सम्मान गरेको हो । विश्व अर्थतन्त्रमा प्रभावशाली रहेको भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत एशियाली देशका बीमा कम्पनीका उच्च पदस्थ पदाधिकारीको उपस्थितिका बीचमा भव्य समारोहका बीचमा सम्मान प्रदान गरिएको हो ।
विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डियन इन्सिटिच्युट अफ इन्स्योरेन्स (आईआईआई), अन्तराष्ट्रिय बीमा क्षेत्रका बिज्ञहरुलगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी फरक फरक सूचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा सुर्यज्योति लाइफलाई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सुर्यज्योति लाइफ सञ्चालक हेमन्त नाहाटा कार्यक्रमको प्यानल डिस्कसनमा पनि सहभागिता जनाएका छन् । जीवन बीमा सम्बन्धी अन्तर्राष्ट्रिय फोरममा सञ्चालक नाहाटाले सूर्यज्योतिले अवलम्बन गरेको डिजिटल प्रविधिको रणनीति र हाल नेपालमा बीमा क्षेत्रको अवस्था र यसका चुनौतीबारे व्याख्या गरेका थिए ।













