नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रममा १० वर्षदेखि करोडौं भ्रष्टाचार !

काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले आव २०६९।७० देखि सञ्चालित एक जिल्ला एक उत्पादन कार्यक्रममा करोडौं भ्रष्टाचार भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्षहरु भवानी राणा, पशुपति मुरार्का, शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्र ढकालको कार्यकालमा नेपाल सरकारबाट प्रवाह भएको २९ करोड ८५ लाख ४० हजार ४६८ रुपैयाँको औचित्यमाथि प्रश्न उठेको छ ।
भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्थलगत अध्ययनको क्रममा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत देशैभरिका उद्योगी व्यापारीहरुले अनुदान लिएका थिए । तर, ति अनुदान रकम लिँदा ५० प्रतिशत सरकार र ५० प्रतिशत निजि क्षेत्रले व्यहोर्ने उल्लेख गरेको भएपनि अनुदान लैजाने व्यापारीहरुले शर्त बमोजिम लगानी नगरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।
महासंघमार्फत नेपाल सरकारको अनुदान प्रवाह भएका रौतहट, गोर्खा, ओखलढुंगा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ, इलाम, झापा, बारा, स्याङ्जा, अछाम, प्युठान, मुस्ताङ र कैलालीमा रहेका उद्योगहरुमा गरिएको स्थलगत अध्ययनको क्रममा अख्तियारले १३ वटा त्रुटी अघि सार्दै महासंघलाई सुधार गर्न भनेको छ ।
आयोगले महासंघले नेपाल सरकारबाट रकम लिई वितरण गरेका उद्योगहरु मध्ये अधिकांश हाल सञ्चालनमा नरहेको भन्दै कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
fncci corruption













