सिटिजन लाइफको नाफा ८६ प्रतिशत वृद्धि, जीवन बीमाकोष १७ अर्ब नजिक

२८ माघ २०८१, सोमबार ०७:५६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ।

चालू आवमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि बढेकाले नाफा बढ्न टेवा पुगेको हो। कम्पनीले गत आवमा ३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा २ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी गत आवमा कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ। कम्पनीको शेयर प्रिमियम १ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ८३ करोड ८० लाख रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा ६ रुपैयाँ ६० पैसा रहकोमा चालू आवमा बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*