कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट

२८ माघ २०८१, सोमबार १२:०३

काठमाडौँ । कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ३०१ रुपैयाँमा सुरु भएको कम्पनी शेयर अहिले ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो समाचार तयार पार्दा अर्थात १२ बजेसम्ममा कम्पनीको शेयरमा सकारात्मक सर्किट अर्थात् प्रतिकित्ता ३३ रुपैयाँ १० रुपैयाँले बढेर ३६४ पुगेको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*