क्रेष्ट माइक्रो लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

२९ माघ २०८१, मंगलवार ०९:००

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा करिब २३९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा ११ लाख ८५ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ४० लाख १७ हजार रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि बढेकाले नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

कम्पनीको आम्दानी गत आवमा ३ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १४ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा १ करोड ४१ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवमा ० रुपैयाँ ४५ पैसा रहेको प्रतिशेयर आम्दानी चालू आवमा बढेर १ रुपैयाँ ५३ पैसा पुगेको छ। त्यस्तै गत आवमा कम्पनीको जीवन बीमा कोषमा २२ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङमा १ करोड १० लाख रुपैयाँ र महाविपत्ति कोषमा करिब १४ लाख रुपैयाँ सञ्चित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*