राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा देखिएन सुधार, नाफासँगै अधिकांश सुचकमा गिरावट

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचांकहरुमा भारी गिरावट आएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा ४३.५५ प्रतिशतले घटेर ८० लाख ६५ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले गत आवको सोही अवधिमा एक करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
साथै कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ९.६७ प्रतिशतले घटेर पाँच अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा चार अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, लगानी तथा ब्याज आम्दानी लगायतका सूचांकहरु गत आवको तुलनामा घट्न पुगेका छन् ।












