हिमालयन एभरेष्टको बीमा कोष आकार ४ अर्ब ६७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १५ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा भने ४१.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको बीमा कोष १८.०३ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ३ अर्ब ९५ करोड रहेको थियो ।
यता, कम्पनीको खुद बीमा शुल्क आर्जन ७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८२ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष सञ्चिति ७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
पुष समान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४.८३ रुपैयाँ रहेको छ ।













