लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही फागुन २५ गते आइतबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराही स्थित दियो महलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












