फागुन २५ देखि अभिकर्ता तालिम गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी

७ फाल्गुन २०८१, बुधबार ०८:०३

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम गर्ने भएको छ।

कम्पनीले बीमा अभिकर्ता हुन इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बताएको छ। तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल प्रा. लि. मा हुनेछ।

तालिममा सहभागी हुन नागरिकताको प्रतिलिपि, प्लस टूको शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि सहित नजिकको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा फागुन २२ गतेभित्र निवेदन दिनु पर्नेछ। तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*