हिमालयन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आज फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बस्दैछ।
सभामा चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ। बोनस शेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ। आव ०७९।८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनी मात्रै समाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।












