हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

११ फाल्गुन २०८१, आईतवार १२:१७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बसेको थियो।

सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। यससँगै अब शेयरधनीले लाभांश प्राप्त गर्ने भएका छन्। साथै बोनस शेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्गिएको छ। आव ०७९।८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत माघ २५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*