बीमा परिपक्वता लाभ र अभिकर्ता कमिशन लिन मेट लाइफको आग्रह

काठमाडौं । अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख परिपक्व (म्याचूर्ड) भएको भए परिपक्वता लाभ (म्याचूरिटी बेनिफिट) र अभिकर्तालाई कमिशन रकम लिन आग्रह गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक वा पूर्ण परिपक्व भएको खण्डमा सो बापतको लाभ लिन भनेको छ। यसका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।
कम्पनीले बीमितसँग निरन्तर सम्पर्कमा रहन पर्ने भएकाले आफ्नो विवरण र मोबाइल नम्बर अद्यावधिक गर्न पनि भनेको छ। साथै केही पूर्व बीमा अभिकर्ताले कमिसन भुक्तानीका लागि पूर्ण कागजात पेश नगरेकाले सो गर्न समेत आग्रह गरेको छ।
आफ्नो बीमालेख परिपक्व र अभिकर्ता कमिशन रकम बाँकी भए नभएको यकिन कम्पनीको वेवसाइटबाट समेत गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।












