रिलायबल नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

१३ फाल्गुन २०८१, मंगलवार १०:५६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम काठमाडौंको होटल क्रिस्टल पशुपतिमा उत्साहजनक रुपले सम्पन्न भएको हो ।

कम्पनीका देशभरी सञ्चालन रहेका शाखा कार्यालयबाट उत्कृष्ठ व्यवसाय गरी एमडीआरटी बनेका अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी तथा उच्च पदस्थ कर्मचारीहरुले  सम्मान गरेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबु तिवारी, एसिस्टेन्ट जनरल म्यानेजर शैलेन्द्र श्रेष्ठ, तालिम विभाग प्रमुख युवराज शर्मा लगायत उच्च पदस्थ कर्मचारी तथा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*