सानिमा रिलायन्सको प्रधान कार्यालय सर्यो
१३ फाल्गुन २०८१, मंगलवार ११:११

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय सरेको छ।
हाल कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिकाको वडा नम्बर १० नयाँ बानेश्वरमा र वडा नम्बर १ कमलादीमा रहेकोमा अब सोही १ नम्बर वडाको नक्साल, नारायणचौरमा सरेको हो।
कम्पनीले नयाँ स्थानबाट आज फागुन १२ गतेदेखि सेवा सुचारु गरेको जनाएको छ।













