जीवन बीमा कम्पनीको व्यवसाय ९%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा सिटिजन–रिलायबल र प्रभु महालक्ष्मीअघि

१३ फाल्गुन २०८१, मंगलवार १७:५०

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ९.७९ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आवको यस अवधिमा कुल ८६ अर्ब ८८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

सार्वजनिक विवरण अनुसार नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने, व्यवसाय बृद्धिमा सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ आक्रामक देखिएका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणका आधारमा

सात महिनाको अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले ७ महिनाको अवधिमा २६ अर्ब ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा १२.०६ प्रतिशत बढी रहेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय ११.७८ प्रतिशतले बद्धि भएर ११ अर्ब २३ करोड रुपैयाँ र एलआइसी नेपालको १०.०९ प्रतिशतले बढेर ११ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

साथै, हिमालयन लाइफको व्यवसाय नौ अर्ब ९० करोड रुपैयाँ र सूर्यज्योति लाइफको पाँच अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ। एशियन लाइफको १४ प्रतिशतले बढेर पाँच अर्ब सात करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ ।

व्यवसाय बृद्धिमा सबैभन्दा अग्रस्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर तीन अर्ब ९८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको तीन अर्ब ९२ करोड रुपैयाँको व्यवसाय रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*