दाबी भुक्तानी र परिपक्वता लाभ लिन बीमितलाई एलआईसी नेपालको आग्रह

१४ फाल्गुन २०८१, बुधबार ०८:४६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले आफ्ना बीमितहरूलाई दाबी भुक्तानी तथा परिपक्वता लाभ (म्याच्युरिटी बेनिफिट) लिन आग्रह गरेको छ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न समयमा परेको दाबी निवेदन र बीमालेख परिपक्व भई सो बापतको लाभ लिन आवश्यक कागजात सहित नजिकको शाखा तथा उपशाखा कार्यालय सहित केन्द्रीय कार्यालयमा समेत सम्पर्क गर्न सकिने जनाएको छ।

साथै आफ्नो ठेगाना र मोबाइल नम्बर पनि अद्यावधिक गर्न कम्पनीले बीमितलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*