नेपाल, एलआइसी र सूर्यज्योति लाइफद्वारा पशुपतिमा भोजन तथा पानी शिविर सञ्चालन

१४ फाल्गुन २०८१, बुधबार १२:३०

काठमाडौं । नेपाली तीन जीवन बीमा कम्पनीहरुले पशुपतिनाथ मन्दिरमा भइरहेको महाशिवरात्री पर्व २०८१ को अवसरमा भोजन, पानी तथा विभिन्न जुसहरु निःशुल्क वितरण गरिरहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र सूर्यज्योति लाइफ इन्स्योेरेन्सले महाशिवरात्री मेलामा देश तथा विदेशबाट आएका श्रद्धालु भक्तजनहरुलाई निःशुल्क खानेपानी, भोजन तथा जुसहरु वितरण गरिरहेका छन् ।

 

कम्पनीहरुले भक्तजनहरुको सहजता र बीमा जनचेतना फैलाउने लगायतका उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत भण्डारा सञ्चालन गरिरहेका छन् ।कम्पनीहरुले गरेको यस तारिफयोग्य कार्यले आम भक्तजन श्रद्धालुहरुलाई खाना तथा खानेपानी पाउन सहज वातावरण बनेको छ ।

तस्विरः राजन कठायत, बीमापोष्ट डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*