नेपाल लाइफ मिर्चैया शाखाद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिर्चैया उप–शाखा कार्यालयमा आबद्ध करिब ५१ जना अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागि एकदिने अभिकर्ता भेला तथा पुनर्ताजगी तालिम एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई प्रदान गरेको हो ।
उक्त अवसरमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले कम्पनीले सबैको लागि पहुँच हुने,लाभदायक तथा नविनतम् थप बीमा योजनाहरु ल्याईरहेको बताए । बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले कर्मचारी तथा अभिकर्ताहरुले निर्धकका साथ आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ काम गर्न आग्रह गरे ।
उक्त तालिम प्रमुख झाले भने विमा केहो, विमा किन गरिन्छ,विमाका प्रकार,विमा वाट हुने फाईदा,विमागर्दा ध्यान दिनुपर्ने कुराहरु,कम्पनिले विमितहरुलाई दिने सेवा सुविधा लगायतको विषयमा सहजिरकण गर्नु भएको थियो । तालिममा नेपाल लाइफ इन्स्योरेन्स मिर्चैया उप–शाखा प्रमुख गणेश कुमार ठाकुरले अभिकर्ताहरुलाई नेपाल लाइफ इन्स्योरेन्स सहित अभिकर्ता पेशाको आवश्यकता महत्वका विषयमा जानकारी गराए । साथै, मिर्चैया उप–शाखा प्रमुख गणेश कुमार ठाकुरले इमान्दारिताका साथ कार्य गर्दा अभिकर्ता पेशाबाट नाम,दाम र सम्मान सबै प्राप्त हुने बताए।












