नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ फाल्गुन २०८१, बिहीबार ०६:३६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले फागुन ११ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये २ लाख २५ हजार कित्ता वैदशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूलाई र १ लाख १२ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

यसरी कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिरहेको हो। यसमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ। आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*