नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा विलम्ब शुल्कमा ५०% छुट

१५ फाल्गुन २०८१, बिहीबार १२:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

बीमितले तिर्नुपर्ने नवीकरण बीमाशुल्क नतिरेको कारण १८० दिनभन्दा बढी दिनदेखि व्यतित भएका सबै बीमालेखहरू रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा दिने कम्पनीले बताएको छ।

यो सुविधा आज फागुन १५ गतेदेखि आउदो जेठ १३ गतेसम्म मात्रै लागु हुने भएकाले यसको यथासक्य फाइदा उठाउन समेत बीमितलाई आग्रह गरेको छ।

साथै छुट सुविधा प्रयोग गरेर रिन्यू गरिएका बीमोलख १ वर्षभित्रै समर्पण भएमा छुट बापतको रकम कट्टा गरिने पनि जनाएको छ। यस्तो सुविधा बीमालेख अवधिभर एक पटक मात्रै दिइने भएकाले बारम्बार छुट सुविधा लिन नसक्ने सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*