मर्जर प्रस्ताव सहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा

१६ फाल्गुन २०८१, शुक्रबार ०७:२२

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ११ गते सोमबार दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभामा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

यसका साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*