एलआईसीको लिलामी शेयर बाँडफाँड, सोमबारदेखि रकम फिर्ता
१६ फाल्गुन २०८१, शुक्रबार ०८:५२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले माघ २१ देखि फागुन ५ गतेसम्म बिक्रीमा राखेको लिलामी शेयर हिजो बिहीबार बाँडफाँड गरेको छ।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) १,०२२ रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। साथै बाँडफाँडमा नपरेकाहरूलाई १९ गते सोमबारदेखि आईपीएस मार्फत् रकम फिर्ता गरिने जनाएको छ।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।












