हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन

१९ फाल्गुन २०८१, सोमबार ११:३१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन भएको छ । कम्पनीको टिकापुर शाखा कार्यालयमा कार्यरत चौधरीको फागुन १८ गतेका दिन निधन भएको हो ।

कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरिरहेकी चौधरीको २९ वर्षको अल्प आयु मै आइतबार उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको कम्पनीले जानकारी दिएको छ ।

उनी विगत लामो समयदेखि स्क्रबटाइफस नामक रोगले पीडित रहेकी थिइन् । समयमै उपचार गर्न नसकेपछि उक्त रोगले स्वर्गिय चौधरीको लिबर र किड्नीमा संक्रमण गरेपछि उपचारको क्रममै उनको निधन भएको कम्पनीको सुदूरपश्चिम प्रदेश उप– प्रमुख तारा सिंह बमले जानकरी दिए ।

कम्पनीको टिकापुर शाखामा कार्यरत रहेकी चौधरीको निधनले बीमा क्षेत्रले एक कुशल, मेहनती कर्मचारी गुमाएको छ । कम्पनीले स्वर्गीय लक्ष्मी चौधरीको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*